काठमाडौं । तेह्रथुममा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-१ डङडगे बस्ने ५० वर्षीय साङगे शेर्पा (फुर्वा) लाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले ती बालिकालाई सोमवार बारीमा घाँस काट्ने क्रममा ललाई फकाई खाना खान जाउ भनि घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया