साताको अन्तिम दिन शेयर बजारमा हरियाली, २३ अंकको बढोत्तरी

लोकपथ
35
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीवार शेयर बजार २३.७६ अंकले उकालो लागेर नेप्से परिसुचक २८२४.८९ अंकमा पुगेर बन्द भएको छ ।

गत कारोबार दिन बुधवार १६.९७ अंकले ओरालो लागेर २८०१.१३ अंकमा कारोबार बन्द भएको थियो ।

आज २२३ कम्पनीको बजारमा १ करोड ३१ लाख ४३ हजार २ सय ४० कित्ता शेयर ४ अर्व ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँमा कारोवार भएको देखिएको छ ।

चार दिनमा बजार ४२ अंकले घटेको मा बिहीवार अन्तिम दिन २३ अंकले बढेको हो।

कारोबार रकम पनि यो हप्ता पछिल्लो समयकै सबैभन्दा कम भइरहेको छ। दैनिक औसत चार अर्ब रुपैयाँको मात्रै शेयर किनबेच भइरहेको छ।

आज अन्य र टेडिङ्ग बाहेक सबैखाले कम्पनीहरुको शेयर कारोबारमा हरियाली छाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?