एसईई परीक्षार्थी गौरीकला हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ पक्राउ

सुर्खेत, १४ चैत । यस वर्षको एसईई परीक्षाको परीक्षार्थी गौरीकला रोकायाको हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोकायको हत्या भएको भोलिपल्ट प्रहरीले ट्राफिक प्रहरी हरि कोइरालासहित ३ जनालाई पक्राउ गरेको हो ।जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाया एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । परीक्षाको तयारी गरिरहेकी उनी मंगलबार डेरामा मृत भेटिइन् ।प्रहरीले अनुसन्धान गरे लगत्तै रोकायाकाको हत्या भएको रहस्य खुलेको हो ।हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखा घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुर ८ बाँझीगाउँका लक्ष्मी प्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले रोकायाको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बालिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाया गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।पक्राउ परेका तीनै जनालाई अहिले केहीबेरपछि पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?