बेइजिङ, १४ चैत । उत्तर कोरियाली नेता किम जोङ–उनले गोप्य रुपमा चीनको भ्रमण गरेको पुष्टि भएको छ ।उनले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सि जिनपिङसँग छलफल गरेका हुन् ।राजधानी बेइजिङमा उत्तर कोरियाली नेतृत्वसँग सम्बन्धित एउटा रेल देखिएपछि किम सत्ता सम्हालेको सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएको अड्कल गरिएको थियो ।अमेरिकासँग आफ्नो परमाणु र व्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले गर्न लागेको भनिएको वार्ताअघि चीनको भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।चीनले परम्परागत रुपमा नै प्योङयाङसँगका अन्तराष्ट्रिय वार्ताहरूको मध्यस्तता गर्दै आएको छ । तर आगामी वार्ताहरूमा बेइजिङको भूमिका के हुन्छ भनेर प्रष्ट भइसकेको छैन् ।केही दिनको अड्कलबाजीपछि चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाले उत्तर कोरियाली नेताले बेइजिङको भ्रमण गरेको पुष्टि गरेको हो ।सन् २०११ मा उत्तर कोरियाली सत्ता सम्हालेका किमको यो पहिलो विदेश भ्रमण हो । यसै साताको सुरुमा जापानी सञ्चारमाध्यमहरूले एउटा विशेष रेलमा उत्तर कोरियाली वरिष्ठ व्यक्तित्वले चीन भ्रमण गरेको समाचार बाहिर ल्याएका थिए ।सिन्हुवा समाचार संस्थाले राष्ट्रपति सी र किमबीचको भेटवार्ता ‘सफल’ भएको बताएको छ । सो भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारेमा केही बताइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया