काठमाडौं– सडक विस्तारको विरोधमा बुधबार राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । उनीहरुले सडक विस्तार र निर्माणको नाममा आफूहरुको बिचल्ली बनाउन लागिएको दाबीसहित प्रदर्शन गरेका हुन् ।‘संयुक्त संघर्ष समिति’ ले गरेको उक्त प्रदर्शनका क्रममा उनीहरुले सरकारले गैरन्यायिक ढंगले सडक विस्तार गरेको समेत आरोप लगाए ।काठमाडौं महानगरपालिका १२ का शैलेश शाक्यले अव्यवस्थित रुपमा काठमाडौं बाहिरका मान्छे राख्न आफूहरुको बस्ती उजाड बनाउन खोजिएको आरोप लगाए ।‘अव्यवस्थित रुपमा बाहिरको मान्छे खान्छे राख्न काठमाडौंको घर भत्काउने ?’, उनले आक्रोशित हुँदै भने, ‘ हाम्रो जग्गा मासेर सडक चौडा बनाउने अनि बाहिरको मान्छे ल्याएर फुटपाथमा व्यापार गर्न दिने खालको सरकारको रबैया सैह्य हुँदैन ।’उनले मुअब्जाको दिँदैमा मनपरी गर्न नपाइने भन्दै भोलि मुअब्जा दिन्छु कमाठमाडौं छाड् भनेर सरकारले भन्यो भने के गर्ने भन्दै आक्रोश व्यक्त गरे ।सो क्रममा काठमाडौं–नीजगढ दूतमार्ग निर्माणको विरोधमा रहेका ललितपुरको खोकनाका पीडितको पनि सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया