नयाँ दिल्ली, १४ चैत । अमेरिका यात्राका क्रममा पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीको अपमान भएको छ ।आफ्नी विरामी बहिनी भेट्न अमेरिका गएका उनलाई जोन एफ केनेडी विमानस्थलमा कपडा समेत खोल्न लगाएर सामान्य नागरिकलाई जस्तै चेकजाँच गरिएको थियो ।अमेरिकाबाट फर्किने क्रममा अब्बासीमाथि आम नागरिकको जस्तो व्यवहार गर्नुका साथै कपडा उतार्न लगाएर खानतलासी लिइएको थियो ।विमानस्थलमा प्रधानमन्त्रीमाथि भएको अपमानको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले समेत प्रशारण गरेका छन् भने सामाजिक सञ्जालमा भाइरल बनेको छ ।भिडियोमा अब्बासीले कपडा समेत खोजेर चेक गराएर पुनः सामान दिएर हिँडेको देखिन्छ । पाकिस्तानी सञ्चारमाध्यमले यो एक प्रधानमन्त्रीको मात्रै नभएर पूरा देशको बेइज्जत भएको बताएका छन् । ्गत साता अमेरिका गएका उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग समेत छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया