अस्ट्रेलियाका कप्तान स्मिथ र उपकप्तान वार्नर १ वर्ष प्रतिबन्धित

सिड्नी, १४ चैत । अस्ट्रेलियाको राष्ट्रिय टोलीका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षे प्रतिबन्ध लगाइने भएको छ ।क्रिकेट अस्ट्रेलियाले दक्षिण अफ्रिकाको केपटाउनमा भएको तेस्रो टेस्टमा बल टेम्परिङ अर्थात अवैध रुपमा बल बिगारेको आरोपमा दोषी रहेका स्मिथ र वार्नरलाई १ वर्षे प्रतिबन्ध लगाउने भएको हो ।यस्तै बल विगार्ने खेलाडि क्यामरोन बेनक्राफ्टलाई पनि ९ महिना प्रतिबन्ध लगाइनेछ । बललाई गलत तरिकाले विगारेको भिडियो बाहिर आएपछि उनले यसबारेमा सिनियर खेलाडीलाई पनि जानकारी रहेको बताएका थिए ।कप्तान स्मिथले समेत सो घटनामा आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । उनीहरुविरुद्धको कारबाही चाँढै नै घोषणा हुने एक अधिकारीले बताएका छन् । उनीहरु तिनै जनालाई जोहानेशवर्गमा चौथो टेस्ट हुनुअघि बुधबार नै घर फर्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?