काठमाडौं । एक प्रेमीले आफ्नो प्रेमीकासहित ३ जनाको गोली हानी हत्या गरेका छन् । हत्यापछि उनले आफूलाई पनि गोलीहानी आत्महत्या गरेका छन् ।
यो घटना भारतको मध्येप्रदेशको हो ।
भानुठाकुर र बर्खा ७ वर्षदेखी प्रेममा थिए । उनीहरुले आफ्नो सम्बन्धबारे परिवारलाई बताए का थिए । तर बर्खाको परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार गरेनन् । सोही कारण उनीहरुबीच पछिल्लो समय विवाद भइरहेको थियो । यसैबीच भानुठाकुरले बर्खाकै घरमा गएर बर्खा उनको मामाको छोरा र छीमेकीलाई गोली हानी हत्या गरे । त्यसपछि उनले आफूलाई पनि गोली हानी आत्महत्या गरे ।
भानुठाकुरले हत्या गर्नु अघि आफ्नो फेसबुकमा एक भिडियो अपलोड गरेका थिए । भिडियोमा उनले आफूले यो कदम सोचेर उठाएको बताएका छन् ।
भिडियोमा उनले काहाबाट बन्दुक किनेर ल्याएको पनि बताएका भारतीय प्रहरीले जनाएका छन् ।
प्रहरीले घटनास्थलमा पुगी शव पोस्टमार्टमका लागी पठाएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया