काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरुले फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गर्दा क्यासब्याकको अवसर पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले विद्युतीय माध्यमबाट सामान खरिद गर्दा क्यासब्याकको अवसर दिनका लागि समझदारी गरेको हो ।
एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको छ ।
आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएको छ ।
यसैगरी छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया