काठमाडौं । नेपालमै बनेर विश्वका विकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरु माझ प्रयोग हुँदै आएको प्रख्यात ई–लर्निङ्प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरु लाई आमन्त्रण गरेको छ ।
छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरु द्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो र हाल २५००० भन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् । यिनै विश्वभरका विद्यार्थी अनिशिक्षक द्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ् भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरु माझ सार्वजनिक गरेको छ ।
अडिसन मार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रम अनुरुप ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रम अनुरुप इन्टरनेशनल ई–लर्निङ्ग भिडियोहरुमा अभिनय गर्नेछन् जुन ५० भन्दा बढी देशहरुमा प्रयोग हुनेछ ।
हाल माई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत IGCSE तहका फिजिक्स, केमिस्ट्री, बायोलोजी र म्याथविषयका भिडियो रहेका छन् भने, नेपाली पाठ्यक्रमअन्तर्गत कक्षा १०को अंग्रेजी, विज्ञान, अनिवार्य गणित र अर्थशास्त्रका ई–लर्निङ भिडियोहरु रहेका छन्।
नेशनल तथा ईन्टरनेशनल ई–लर्निङ् भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५–४५ वर्षको बीचमा हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८–२५ वर्षको बीचमा हुनुपर्ने छ । नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको उच्चारणमा निपुणता हुनुपर्नेछ भने, क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा, अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्ने बताइएको छ ।
इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म तल www.innovatetech.io/jobs लिंकमा गएर आवेदनदिन सक्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया