विम्बेलडन २०२१: जोकोभिचले उचाले उपाधि, जिते २०औं ग्रान्ड स्ल्याम

काठमाडौं । विम्बेलडन २०२१ अन्तर्गत पुरुषतर्फको उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले उचालेका छन्।

लन्डनस्थित ‘अल इंग्लिश क्लब’को सेन्टर कोर्टमा खेलिएको फाइनल खेलमा सर्बियन जोकोभिचले विश्व नम्बर ७ इटालियन म्याटियो बेरेटिन्नीलाई ६-७ (४/७), ६-४, ६-४ र ६-३ को सेटमा पराजित गरेका हुन्। पहिलो सेटमा पराजय भोगेपछि नोभाकले खेलमा शानदार पुनरागमन गरेका थिए।

आफ्नो ६औं विम्बेल्डन उपाधि जितेका जोकोभिचको यसै वर्ष यो तेस्रो ‘ग्रान्ड स्ल्याम’ उपाधि हो। उनले यस अघि अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन उपाधि यसै वर्ष जितिसकेका छन्।

त्यस्तै यस जितसँगै उनले आफ्नो २०औं ‘ग्रान्ड स्ल्याम’ उपाधि उचाल्दै कीर्तिमानी बराबरी गरेका छन्। उनले रोजर फेडेरर र रफाएल नाडालको २० ‘ग्रान्ड स्ल्याम’ उपाधि बराबरी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?