नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो लगानी गर्ने नयाँ योजना

लोकपथ
273
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ ।

अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना क्यापिटले आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको हो ।

सो योजना अन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको कम्पनीले जनाएको छ ।

सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइने भने परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने जनाइएको छ ।

यस्तै पहिलो पटक थैली एप डाउनलोड गर्दा १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुप्रै सुबिधा दिइने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?