काठमाडौं । साताको दोस्रो दिन आज सोमवार शेयर बजार उच्च अंकले घटेको छ । सोमवार शेयर बजार ४५.०६ ले गिरावट आइ २,८५४.७६ अंकमा कारोबार रोकिएको छ ।
सोमवार कुल २ सय २९ कम्पनीले ९ अर्ब ९८ करोड रुपैँया बराबरको कारोबार गरेका छन् । आज २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै,आज ९२ हजार १ सय ९२ पटक कारोबार भएको छ ।
आज म्युचुअल फण्ड बाहेकका सबै उपसमूहहरुको कारोबार घटेको छ । सोमवार सबैभन्दा बढी लगानीको २.६५ प्रतिशतले घटेको छ भने सबैभन्दा कम फाइनान्स कम्पनीहरुको ०.९३ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया