काठमाडौं, १५ चैत । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पाकिस्तान फर्किएकी छन् ।सन् २०१२ मा महिला शिक्षाको पक्षमा प्रचार गरेकोमा तालिबान चरमपन्थीले गोली हानेर गम्भीर घाइते बनाएकी मलाला बेलायतको बर्मिङघममा बस्दै आएकी थिइन् । चरमपन्थीको आक्रमणपछि उपचारका लागि बेलायत लगिएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।प्रखर मानवअधिकारवादी कार्यकर्ताको पहिचान बनाएकी मलाला हाल २० वर्षकी भइन् ।पाकिस्तानमा पुगेर उनले के गर्छिन भन्ने विषय हालसम्म गोप्य नै राखिएको छ । यद्यपि उनले पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई भेट्ने अनुमान गरिएको छ ।बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलको टेलिभिजन फुटेजमा उनीसँग आमाबुवा पनि देखिएका छन् । पाकिस्तानको उत्तर–पश्चिम स्वात घाँटीकी स्थायी बासिन्दा उनी यो चार दिने भ्रमणका क्रममा घर जाने या नजाने भन्ने पनि निश्चित छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया