वार्षिकोत्सवमा नबिल बैंकको अफर : कार्ड, स्मार्टबैंक र लकरमा ३७ दिन छुट

लोकपथ
63
Shares

काठमाडौं । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “37 Days of Happiness” ल्याएको छ ।

आज देखी शुरु हुने अफरमा ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल iCard, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको नबिल बैंकका संस्थागत संचार विभागका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिन सकिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?