भेनेजुएलामा आगलागी र दङ्गामा परी ६८ जनाको मृत्यु

कराकस, १५ चैत । भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीका क्रममा कम्तीमा पनि ६८ जनाको मृत्यु भएको छ ।राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले सो घटनाको तत्काल छानविन गरिने जानकारी दिएका छन् । बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी सुरु भएको जनाइएको छ ।आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।घटना भएको काराबोबो राज्यका एकजना अधिकारीले आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको र अहिले स्थिति नियन्त्रणमा रहेको बताए ।थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको बताएका छन् । सो आगलागीमा परी थुनुवाहरुलाई भेट्न गएका महिला र बालबालिकाको पनि मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?