काठमाडौं, १५ चैत । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा नियतबस अवैध रुपमा बल टेम्परिङ गरेको पत्ता लागेपछि अस्ट्रेलिया क्रिकेटको यतिबेला चर्को आलोचना भइरहेको छ ।बल टेम्परिङमा सामेल रहेका तीन खेलाडी कप्तान स्टिभ स्मिथ १ वर्षका लागि र क्यामरोन बेनक्राफ्ट ९ महिनाका लागि प्रतिबन्धित भएका छन् ।अब बल टेम्परिङ विवादमा अर्को खुलासा भएको । यसको मुख्य योजनाकार डेभिड वार्नर भएको खुलेको छ ।यससँगै क्रिकेट अष्ट्रेलियाले उनीमाथि आजीवन कप्तान हुन नपाउने गरी अर्को प्रतिवन्ध लगाएको छ ।क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न लागेको प्रतिवन्ध समाप्त भएको कम्तिमा १२ महिनासम्म स्मिथ र बेनक्राफ्टको नाम कप्तानका लागि सोचिने छैन ।’साथै कप्तान बनाउँदा पनि विभिन्न शर्तहरु हुनेछन् । उनीहरुको र्फमका साथै प्रशंसक र जनताको स्वीकार्यताका साथै खेलाडीहरुको स्थिति लगायतलाई ध्यान दिइने उल्लेख छ ।तर, वार्नर भने कहिल्यै कप्तान हुने छैनन् । उनले नै बल टेम्परिङ गर्ने योजना बनाएर जुनियर खेलाडी बेनक्राफ्टलाई त्यसका लागि उक्साएको पाइएपछि उनीमाथि थप प्रतिबन्ध लागेको हो ।बल टेम्परिङ विवादका कारण प्रतिबन्धमा परेका खेलाडीले आईपीएल क्रिकेट समेत खेल्न नपाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया