सरकार फेरबदलको असर शेयर बजारमा कति ?

लोकपथ
21
Shares

काठमाडौं । साताको तेस्रो दिन मंगलवार (आज) शेयर बजार १६ अंकले बढेको छ ।

सोमवारको  तुलनामा मंगलवार शेयर बजार १६.३४ ले बढेर २,८७१.०३ अंकको सुचांकमा पुगरे कारोबार रोकिएको छ । सोमवार शेयर बजार ४५.०६ ले गिरावट आइ २,८५४.७६ अंकमा कारोबार रोकिएको थियो ।

मंगलवार कुल २ सय २३ कम्पनीले ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । आज १ करोड २३ लाख ४८ हजार ३ सय ९८ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै, आज ५३ हजार १ सय ३९ पटक कारोबार भएको छ ।

आज जीवन बिमा कम्पनी बाहेकका सबै उपसमूहहरुको कारोबार बढेको छ ।

मंगलवार सबैभन्दा बढी लगानीको केन्दृीय फाइनस लिमिटेडको ६.९८ प्रतिशतले शेयर मूूल्य बढेको छ । त्यस्तै सानिमा लार्ज क्याप फन्डको भने ३.८ प्रतिशतले शेयर मूल्यमा गिरावट भएको छ ।

आज सबैभन्दा धेरै रकमको कारोबार नेपाल बंगलादेश बैकको भएको छ। यसको ४७ करोड रुपैयाँको शेयर किनबेच भएको हो। यसपछि नेपाल लाईफ इन्स्योरेन्सले २३ करोड र एनआईसी एसिया बैंक १९ करोड रुपैयाँ धेरै रकमको शेयर किनबेच हुनेमा अगाडि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?