राष्ट्रिय टोलीको प्रशिक्षणबाट १४ खेलाडी हटाइयो

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी हटाएका छन्।

सातदोबाटोस्थित अखिल नेपालले फुटबल संघ ‘एन्फा’को मैदानमा गत सातादेखि शुरू भएको राष्ट्रिय टोलीको प्रशिक्षणमा ५० खेलाडी बोलाइएका थिए। ती मध्ये मुख्य प्रशिक्षक अल्मुताइरीले १४ खेलाडीलाई हटाएका छन्। अब राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा मात्र ३६ खेलाडी बाँकि रहेका छन्।

आगामी सेप्टेम्बर महिनामा आयोजना हुने ‘साफ च्याम्पियनशिप’ तथा चीनमा हुने ‘एएफसी एसियन कप’को लागि तयारी गरिरहेको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीहरुमा गोलरक्षक विशाल सुनार, रवि शंकर पासवान, दर्शन गुरुङ, सेसेहाङ आङदेम्बे जस्ता खेलाडी समावेश छन्।

त्यस्तै अमित तामाङ, विवेक बस्नेत, डोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, शिशिर लेखी र सुदिल राई पनि प्रारम्भिक टोलीबाटै बाहिरिएका छन्।

राष्ट्रिय टोलीका मिडफिल्डर विक्रम लामा भने लामो समयको इन्जुरी पछि पुनरागमन गर्ने सोचले राष्ट्रिय टोलीसँगै प्रशिक्षण गर्दैछन्। उनी पूर्ण रूपमा फिट भएको खण्डमा उनलाई टोलीमा समावेश गर्न सकिने सम्भावना बलियो देखिन्छ।

बन्द प्रशिक्षणका बाँकि ३६ खेलाडी

अर्पण कार्की (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), दिप कार्की (गोलरक्षक), किरण कुमार लिम्बू (गोलरक्षक), आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

 

तस्वीर: एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?