लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावर निर्माणमा लगानी गर्ने

लोकपथ
147
Shares

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले माउण्ट रसुवा हाइड्रोपावर लगानी गर्ने भएको छ ।

लमजुङको कव्होलासोथार र मर्स्याङ्दी गाँउपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि. ले कर्जा लगानी गर्न बुधवार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया २ अर्ब ९३ करोड ८२ लाख रहेको छ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धि सम्झौता २०७५ साल माघ ७ गते भएको थियो । त्यस्तै उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७७ साल कार्तिक ३ गतेका विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो ।

राजेन्द्र राज आचार्य अध्यक्ष रहेका माउण्ट रसुवा हाइड्रोपावर निर्माणलाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व. रहने बताइएको छ ।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. ले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?