काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को आज (बिहीवार) घुँडाको शल्यक्रिया हुने भएको छ।
कतारको राजधानी दोहास्थित ‘अस्पेटार अस्पताल’मा बिहीवार साम्बाको शल्यक्रिया हुने जानकारी अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले दिएको छ।
राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता साम्बाले महिला राष्ट्रिय लिग खेल्दा घुँडामा चोट बोक्न पुगेकी थिइन्। विभागीय टोली एपीएफसँग अनुबन्धित साम्बाको नेपाल पुलिसविरुद्धको खेलमा दायाँ खुट्टाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो।
एन्फाले कतार फुटबल संघको सहयोगमा साम्बको उपचार प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो। यसअघि राष्ट्रिय टोलीका मिडफिल्डर विक्रम लामा र फरवार्ड विमल घर्ती मगरको उपचार पनि यसै अस्पतालमा भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया