टोकियो ओलम्पिकमा खेलाडी स्वयमले पदक लगाउनु पर्ने

काठमाडौं। टोकियो ओलम्पिकमा पदक विजेता खेलाडी आफैंले पदक लगाउनु पर्ने नियम लगाइएको छ।

कोरोना महामारीको बिच आयोजना गर्न लागिएको टोकियो ओलम्पिकमा कोरोना संक्रमण रोक्न यो नियम लगाइएको हो। बुधवार सञ्चार माध्यमलाई जानकारी दिँदै अन्तराष्ट्रिय ओलम्पिक कमिटी ‘आईओसी’का अध्यक्ष थोमस बाकले सो नियम लगाएका हुन्।

ओलम्पिकमा कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाइएको छ। यसै जुलाई २३ देखि अगस्ट ८ सम्म संचालन हुने टोकियो ओलम्पिकको दौरान जापानमा आपतलकाल लगाईने भएको छ।

त्यस्तै प्रतियोगितामा हात मिलाउन र अंकमाल गर्न पनि प्रतिबन्ध लगाइएको छ। बिना दर्शक आयोजना हुने टोकियो ओलम्पिकको खेलाडी बस्ने ‘ओलम्पिक भिलेज’मा पनि निकै सतर्कता अपनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?