काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।
उक्त ३ कम्पनीको ४ लाख ८४ हजार ३ सय ३३ कित्ता लिलामी शेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
उक्त सेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ, महुलीको ७५२ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको ५३४ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया