काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले १ हजार अङ्कित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ ।
बैंकले बिहीवारदेखि वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको माछापुच्छे ऋणपत्र २०८७ जारी गरेको हो ।
नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल १ अर्ब २० करोड ऋणपूजी रकम ५ प्रतिशत अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको० सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु। १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।
माछापुच्छ्रे बैंक लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले वार्षिक ८।५० प्रतिशत आकर्षक ब्याजदरसहित १० वर्षका लागि एक हजार रुपैयाँ अंकितदरका ३० लाख इकाई ऋणपत्र ‘माछापुच्छ्रे ऋणपत्र २०८७’ जारी गरेको हो ।
नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड ऋणपूजी रकम ९५५ अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको० सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु। १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाईका लागि आवेदन गर्न सक्नेछन् । ऋणपत्र छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले इक्रा रेटिङ्गमा ए नेगेटिभ प्राप्त गरेको छ । उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ ।
बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको बैंकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया