सीताराम गोकुल मिल्क्स काठमाडौंको नयाँ उत्पादनहरु बजारमा

लोकपथ
91
Shares

काठमाडौं । सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सिताराम दुध उत्पादन र बिक्रि वितरणको २५ वर्ष पुगेको शुभ अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।

सिताराम दुध आम नेपालीहरुले विगत २५ वर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सिताराम गोकुल मिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सितारम दुध, सितारम घिउ, पनीर बटर र चिनी सहित र चिनी रहितको दही, सितारमा फ्रेश मिल्क तथा लस्स्सी बजारमा बिक्री बितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सिताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए ।

हामीले आम ग्राहक महानुभावको सल्लाह र सुझाव बमोजिम सितारामका उत्पादनहरु बजारमा ल्याएका छौं र आम सर्बसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोर जस्तै भाटभटेनी , बिगमार्ट लगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ भने सितारम डेरीको आफनै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

“सितारमा दुध जहिलेपनि आफनो गुणस्तर र आम ग्राहकहरुको स्वास्थप्रति संवेदनशील रहेको छ र यस डेरीबाट उत्पादन हुने दुध तथा दुग्धजन्य पर्दाथ सेवन ढुक्क्का साथ गर्न सबैमा अनुरोध गर्दछु ।” केडियाले भने ।

सितारमा गोकुल मिल्कस्को बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेश मिल्क तथा लसी रहेका छन् दही आधा तथा एक लिटर चिनी रहित र चिनी सहितको एवं लस्सी समेत एक तथा आधा लिटरमा उपलब्घ रहेके छ भने पनीर २०० ग्रामदेखि १ केजीसम्म तथा बटर पनि सोही वजनमा उपलब्ध रहेको छ यसको साथसाथै सिताराम घयु १ तथा आभा लिटरमा एवं सितारमा फ्रश मिल्क २०० एम। एल। को बोत्तलमा बजारमा बिक्री भइरहेका उनले बताए ।

सिताराम गोकुल मिल्क काठमाडौं प्रालि २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ । सिाताराम गोकुुल मिल्कस् प्रालिले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको पनि कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?