कुमारी बैंकको सिइओबाट भण्डारीको अवकाश

लोकपथ
91
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले आज बाट ४ वर्षको कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् ।

बैंकको संचालक समितिको बैठकको निर्णय अनुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिनालाई साउन १ गते (शुक्रवार) बाट देखि लागु हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।

३५ वर्षको लामो बैंकिङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको बैंकले जानकारी दिएको छ ।

उनको कार्यकालमा बैंकले प्रशांसनीय स्तरोन्तरी गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको पनि बैकले उल्लेख गरेको छ । बैंकले यही कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।

बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट बिदा लिन चाहेको जानकारी गराउंदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?