काठमाडौं, १६ चैत । पर्यटनमन्त्री रविन्द्र अधिकारीले विमान किन्ने योजना अघि सारेका छन् । उनले ६ वटा ट्वीनअटर विमान किन्ने योजना अघि सारेका हुन् ।शुक्रबार मन्त्री अधिकारीले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । उनले आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नुपर्ने बताए ।त्यस्तै हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै मन्त्री अधिकारीले अधिकतम क्षमताका साथ उडान गर्ने बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमा देखिएका समस्या न्यूनिकरण गर्ने र कम्तिमा दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेका छन् ।साथै आन्तरिक उडानलाई स्थानान्तरण गर्न सम्भाव्यता अध्ययन भएको काभ्रेको ठूलीचौरका साथै अन्य सम्भाव्य स्थानबाट पनि सञ्चालनको विकल्पहरु अध्ययन गर्ने उनको योजना रहेको छ ।त्यस्तै उनले तयार पारेको योजनामा अन्तर्राष्ट्रि आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउने र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी समेत सञ्चालनमा ल्याउने छ ।डोमेस्टिक टर्मिनलमा पनि एसीको व्यवस्था मिलाउने कार्ययोजनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया