काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताएका छन्।
स्थायी समिति बैठक सुरु भए लगत्तै अध्यक्ष ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निभाउने बताएका हुन् ।
‘मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ’,शुक्रबार च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौँ।
यस्तै आजको बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने, सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे छलफल हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया