काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले अन्तिम टी-ट्वेन्टी खेलमा पराजय भोगेको छ। शनिवार विहान सम्पन्न पाँचौं तथा अन्तिम टी-ट्वेन्टी खेलमा वेस्ट इन्डिज १६ रनले विजयी भएको छ।
‘ग्रोस इस्लेट’मा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको वेस्ट इन्डिजले शानदार प्रदर्शन गर्यो। ओपनर एविन लुइसले ३४ बलमा ७९ रनको सर्वाधिक योगदान दिँदा कप्तान निकोलस पुरनले ३१ रन बनाए। त्यस्तै भेट्रान ब्याट्सम्यान क्रिस गेल र लेन्डल सिमन्सले समान २१ रन बनाउँदा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनाउन सफल भयो।
जवाफी ब्याटिङमा २०० रनको विशाल लक्ष्य लिएर क्रिजमा उत्रेको अस्ट्रेलियाले फेरि एक पटक खराब ब्याटिङ गर्यो। कप्तान आरोन फिन्चले सर्वाधिक ३४ रन बनाउँदा मिचेल मार्शले ३० रन बनाए। अन्य ब्याट्सम्यानले पुनः एकपटक खराब ब्याटिङ गर्दा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १८३ रन बनाउन सफल भयो। वेस्ट इन्डिजका लागि तिब्र गतिका बलर शेल्डन कोटरेलले व्यक्तिगत ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिन सफल भए।
आफ्नो विस्फोटक ब्याटिङको लागि वेस्ट इन्डिजका एविन लुइस खेलको ‘म्यान अफ दि म्याच’ चुनिए। यस जितसँगै वेस्ट इन्डिजले ५ टी-ट्वेन्टी खेलको शृंखलामा ४१ को जित दर्ता गरेको छ। वेस्ट इन्डिजका हेडन वाल्स ‘म्यान अफ दि सिरिज’ घोषित भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया