डिभिजन कार्यालयमा काठ व्यवसायीद्वारा बिरोध

कैलाली । वन डिभिजन कार्यालय कैलालीले मिलोमतोमा काठ टेन्डर प्रक्रिया अगाडि बढाएर भ्रष्टाचार गर्न खोजेको भन्दै काठ व्यापारीले बिरोध गरेका छन् । आइतवार वन डिभिजन कार्यालयमा काठ व्यापारीले बिरोध गरेका हुन् ।

उनीहरुले ‘काठ व्यावसायलाई धरापमा राख्न पाइँदैन, भ्रष्टाचारी डिएफओ चाहिँदैन’, ‘सुचना लुकाउने सुचना अधिकारी मुर्दावाद’ लगायत लेखेका पम्प्लेट कार्यालयमा टाँसेका हुन् ।

निषेधाज्ञाको समयमा काठ टेन्डर प्रक्रिया अगाडि बढाएको, सुचना माग गर्दा सुचना नदिएर मिलोमतोमा वन कार्यालयका कर्मचारी र केही ठेकेदार मिलेर आफू नजिककालाई टेन्डर पारेर भ्रष्टाचार गर्न लागेको काठ व्यवसायीहरुले आरोप लगाएका छन् ।

टेन्डरका लागि सार्वजनिक सुचना जारी नगरी निषेधाज्ञाको समय जेष्ठ १५ मा वन कार्यालयले चौकीडाँडा महिला सामुदायिक वनको काठ लिलाम प्रक्रिया लिलामका लागि सहमति दिएर १७ हजार क्यु फिट काठलाई ४ हजार क्यु फिट कम काठ देखाएर टेन्डर प्रक्रिया अगाडि बढाएको काठ व्यवसायी रोशन शाहीले बताए ।

यता वन डिभिजन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेलले चौकीडाँडा महिला सामुदायिक वनलाई लिलामका लागि सहमति मात्र दिएको र सामुदायिक वनले टेन्डर प्रक्रिया अगाडि बढाएको कुनै पनि सुचना वन कार्यालयमा नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?