काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको दोस्रो बैठकमा सहभागि हुन संसद भवन पुगेका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार आव्हान गरिएको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित भएका निर्वतमान प्रधानमन्त्री ओली दोस्रो बैठकमा उपस्थित भएका हुन् ।
आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया