धारा ७६ (५) सांसदको विशेषाधिकार हो : प्रचण्ड

appharu
84
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा (५) को व्यवस्था सांसदको विशेषाधिकार भएको बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले संविधानको धारा ७६ को उपधारा (५) को प्रावधान सांसदलाई दिइएको विशेषाधिकार भएको बताएका हुन् ।

उनले भने–‘धारा ७६ को (५) के हो ? ७६ (५) सार्वभौम प्रतिनिधि सभाको विशेषाधिकार हो । पार्टीभन्दामाथि जनताको सार्वभौम अधिकार रक्षा गर्नका लागि प्रतिनिधि सभालाई दिइएको विशेषाधिकार हो । त्यसको प्रयोग हुँदा तपाईहरुलाई त्यत्रो चिन्ता ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?