एथलेटिक्सकी प्रशिक्षक मल्ललाई कोरोना संक्रमण

काठमाडौं। टोकियो ओलम्पिकमा सहभागिता जनाउन गइरहेकी एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ।

महिला १०० मीटर दौड विधामा प्रतिस्पर्धा गर्न गइरहेकी सरस्वती चौधरीकी प्रशिक्षक मल्लको जापान प्रस्थान गर्नु अगाडि गरिएको कोरोना टेस्ट पोजिटिभ देखिएको हो। नेपाल ओलम्पिक समितिले औपचारिक प्रेस विज्ञप्ति निकाल्दै मल्लको संक्रमण बारे जानकारी दिएको हो।

मल्लको स्थानमा म्याराथनका प्रशिक्षक सन्तोष श्रेष्ठ जापान जाने सम्भावना बलियो देखिएको छ। तर मल्लको पुनः परीक्षणको नतिजाले मात्र सो विषयमा टुङ्गो लाग्ने भएको छ। टोकियो ओलम्पिक आगामी जुन २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ। सो प्रतियोगितामा नेपालबाट ५ खेलाडीले ४ विधामा प्रतिस्पर्धा गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?