प्रदेश ७ः प्रदेशसभाको बैठक दुई पटक स्थगित

धनगढी, १७ चैत । प्रदेश नं ७ को प्रदेशसभा बैठकमा छलफलका विषय केही नभएपछि तोकिएको प्रदेशसभा बैठक पनि पछिल्ला केही दिनमा दुई पटक स्थगन गरेका छन् ।बैठकमा छलफलका लागि प्रस्ताव गरले बताए । “आर्थिक मामिला मन्त्रालयबाट विधेयक आउँछ भन्ने सूचनाका आधारमा बैठक बस्ने मिति तोक्ने गरिएको हो”, शर्माले भने,“तर सम्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न भइरहेको ढिलाइले मिति स्थगन गरेका छन् ।”समयमै विधेयक दऻ8म्बन्धित मन्त्रालय÷निकायबाट प्रदेश सचिवालयमा विधेयक दर्ता गर्न भइरहेको ढिलाइले मिति स्थगन गरेका छन् ।”समयमै विधेयक दर्ता हुन नसक्दा प्रदेशसभाको यही चैत १५ गतेका लागि तोकिएको बैठक स्थगन गरेका थिए । स्थगित बैठक शनिबार बस्ने भनिएकामा पुनः स्थगन गरेका छन् । आगामी बैठक चैत २० गतेका लागि तोकिएको सचिव शर्माले जानकारी दिए ।बिहीबार साँझ मात्र प्रदेशसभा आर्थिक कार्यविधि ऐन सचिवालयमा दर्ता गरिएको छ । प्रदेशसभा नियमावलीका अनुसार सरकारी विधेयक दर्ता भएको पाँच दिनपछि र गैरसरकारी विधेयक दर्ता भएको सात दिनपछि मात्र छलफलका लागि प्रदेशसभाको बैठकमा छलफलका लागि लैजानुपर्ने हुन्छ ।प्रदेशसभा बैठकले अहिलेसम्म प्रदेशसभा नियमावली २०७४ लाई मात्र पारित गर्न सकेको छ । चाहिने नियम कानून समयमै नबनेका कारण प्रदेश सरकार सञ्चालनमा कठिनाइ भएको बताइएको छ । नेपालको संविधानको अनुसूचीले तोकेका विषयमा कानून बनाउने अधिकार प्रदेशसभालाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?