शेयर बजारमा हरियाली

लोकपथ
91
Shares

काठमाडौं । कारोबारको दोस्रो दिन (सोमवार) नेप्से परिसुचक १३.९७ अंकले बढेर २९९४.५८ बिन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको कारोबारमा ३ करोड ७५ लाख १ हजार ३५४ कित्ता शेयरको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतवार २ सय २१ वटा कम्पनीले ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरको कारोबार गरेका थिए ।

आजका दिन केहि समूहहरूको उपसूचकहरू सकारात्मक छन् भने केहिको नकारात्मक दिखिए। जसमध्ये ११२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९१ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सिर्नजी पावर डेभलमेन्टले सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । नेपाल ईन्भेष्टमेन्ट डिभेन्चर्स २०८२ को ५।८७ प्रतिशतले घटको छ।
एनआइसी बैकको शेयरले सबैभन्दा धेरै लगभग ३५ करोडको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?