काठमाडौं, १७ चैत । अस्ट्रेलियाका पूर्वउपकप्तान तथा ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।गत साता दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेटमा बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि क्रिकेट अस्ट्रेलियाले एक वर्षको प्रतिवन्ध लगाएको छ ।बल टेम्परिङका मुख्य योजनाकार भएको भन्दै एक वर्षे प्रतिबन्ध हटेपनि उनलाई कहिल्यै कप्तान नबनाउने घोषणापछि उनले अस्ट्रेलियाका लागि कहिल्यै नखेल्ने घोषणा गरेका हुन् ।बल टेम्परिङबारेको विवाद जारी रहँदा त्यसमा संलग्न भनिएका तीन खेलाडीमाथि प्रतिबन्ध लगाइएको छ । कप्तान स्टिभ स्मिथ र उपकप्तान वार्नमाथि १ वर्षको र खेलाडी क्यामरोन बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाइएको छ ।शनिबार पत्रकार सम्मेलन गर्दै वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने भन्दै सम्पूर्ण अस्ट्रेलियाका क्रिकेट समर्थकसँग माफी समेत मागेका छन् ।https://www.youtube.com/watch?v=TcqCOA0EeNA
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया