इस्लामाबाद, १७ चैत । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी नागरिक मलाला युसुफजाई आफ्नो गृहनगर स्वात पुगेकी छन् । सन् २०१२ मा तालिबान आतंकवादीको आक्रमणमा परेकी उनलाई उपचारका लागि बेलाउत लगिएको थियो ।बेलायत बसाईपछि पहिलो पटक पाकिस्तान पुगेकी उनी गृहनगर पुगेकी हुन् । २० वर्षीया मलालामाथि बालिका शिक्षाको पक्षमा वकालत गरेको भन्दै तालिबानले गोली हानेका थिए ।उनको घर रहेको क्षेत्र स्वात उपत्यका तालिबान आतंकवादीको पकड क्षेत्रका रुपमा चिनिन्छ । मलाला पुग्ने भएपछि उनको गाउँ मिङगोरामा कडा सुरक्षा व्यवस्था गरिएको छ ।उनी बिहीबारमात्रै बेलायतबाट पाकिस्तान फर्किएकी हुन् । उनले पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीसँग इस्लामाबादमा भेटवार्ता गर्दै भावुक सम्बोधन समेत गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया