डोल्पा, १७ चैत । भौगोलिक रुपमा अति दुर्गम मानिने डोल्पा जिल्लामा घरघरमा पुगेर उपचार गर्न डक्टर गोबिन्द केसि डोल्पा पुगेका छन् । माथिल्लो डोल्पाको धो तराप उपध्यकाकामा रहेका स्थानीयहरुलाई हाडजोर्नि देखि अन्य चेकजाच गर्न आफु डोल्पा आएको हार्डजोर्नि विशेषज्ञ केसिले जानकारी दिए ।माथिल्लो डोल्पामा रहेका वृद्ध देखि अन्य बिरामीले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारि काम गर्नु पर्ने भएकोले हड्डी सम्बन्धी समस्या धेरै नै खेप्नु पर्ने भएकोले पनि आफुले माथिल्लो डोल्पाको धो नै रोजेको केसिले बताए । उनले भने तिन दिनको शिविर तय गरेको छु घरघरमा नै पुगेर बिरामीको उपचार गर्छु ।करिब ४ हजार उचाइमा रहेको डोल्पो बुद्धगाउपालिकाको धो का स्थानीयलाइ घरैमा उपचार गर्ने लक्ष्याका साथ ६१ वर्षको उमेरमा माथिल्लो डोल्पा जान लागेको डाक्टर केसिले जानकारी दिए । उनका अनुसार केहि औषधिहरु आफैले बोकेर ल्याएको र जिल्लामा रहेका स्वास्थ्यका कर्मचारीहरुको सहयोगमा ३ दिन सम्म बिरामी चेकजाच गर्ने बताए ।हिमपात र चिसोको बिचमा पनि माथिल्लो डोल्पामा उपचार गर्न साहास गरेकोमा कुनै पनि सहयोग गर्न पछि नपर्ने स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले प्रतिबद्धता गरे । उनले भने स्वास्थय क्षेत्रका सामान्य कर्र्मचारी नदेखेका स्थानीयले हार्डजोर्निका विशेषज्ञ घरमै पाउदा भगवान नै पाएको अनुभुति गर्नेछन् ।डक्टर केसिलाइ भेट्न गएका नागरिक अगुवा, मानवअधिकार कर्मीहरु र पत्रकारहरुसंग कुरा गर्दै केसिले भने सरकारले विशेष व्यवस्था सहित गाउँगाउँमा चिकित्सक राख्नु पर्ने बताए । उनले भने स्थानीयलाइ नै अवसर दिएर सेवा दिए सबै भन्दा प्रभाबकारी हुने र जनताले सेवा पाउछन् ।चौथो पटक डोल्पा पुगेका केसि हिमाली र द’रदराजमा रहेका नागरिकको उपचार गर्न पाउदा निकै आनन्दको महसुस हुने भन्दै सरकारले सबै नागरिकलाइ समान सेवा प्रदान गर्नुपर्ने बताए । उनका अनुसार माथिल्लो डोल्पामा नागरिकले सरकारले दिने सेवा सुविधाको जानकारी नै नपाएको र वञ्चितिकरणमा पारिएको दाबी गरे ।विश्वको सबै भन्दा अग्लो स्थानमा रहेको उपत्यका धो हिमपातले सेताम्मे रहेको भए पनि आफु घरघरमा नै पुगेर उपचार गर्ने डक्टर केसिको दाबी रहेको छ । उनि भन्छन् मलाइ कुनै सख्यामा लक्ष्य पूरा गर्नु छैन मात्र बिरामीको उपचार गर्नु छ ढुक्क छु चेकजाच गरेरै आउछु ।रेडियो पत्रपत्रिकार टेलिभिजनमा मात्र चर्चाका पात्र भन्ने सुनेका डोल्पाका स्थनीयहरुले डक्टर केसिसँग तस्वीर खिचाउँदै सामाजिक सञ्जालमा प्रशंसा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया