काठमाडौं । नेकपा एमालेको १० औँ केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानको निम्ति गठित कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासबारे जानकारी गराएका छन् । मंगलवार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा संयोजक नेम्वाङले पार्टी एकताका प्रयासबारे जानकारी गराएका हुन् ।
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दिएको जानकारी अनुसार बैठकले १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगबाट कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । साथै दोस्रो दिनको बैठकमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको रिपोर्टबारे जानकारी लिइएको प्रवक्ता ज्ञवालीको भनाइ छ । केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक बुधवार पुनः दिउँसो ३ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया