काठमाडौं। आगामी असोज ३ गतेबाट शुरु हुने शहिद स्मारक ए-डिभिजन लिग फुटबल हालको लागि स्थगित गर्न ललितपुरका चार क्लबले संयुक्त रूपमा माग गरेका छन्।
ललितपुरका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब र फ्रेन्ड्स क्लबले कोरोना महामारीकै कारण देखाउँदै लिग स्थगित गर्न माग गरेका हुन्। मंगलवार यी चार क्लबका प्रतिनिधिले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ज्ञापनपत्र पेश गर्दै लिग खेल उपयुक्त समयमा मात्र आयोजना गर्न माग गरेका हुन्।
कोरोना महामारीको प्रभाव देशमा उल्लेखनीय रूपमा कम नभएको र यस्तो समयमा ए-डिभिजन लिग आयोजना गर्न उपयुक्त नभएको भन्दै ललितपुरका चार क्लबले ज्ञापनपत्र पेश गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया