रिपोर्टर्स क्लब पुरस्कार लिन पत्रकारको लाइन, क–कसले पाए ?

काठमाडौ, १७ चैत– रिपोर्टर्स क्लब नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’ का प्रधान–सम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।शनिबार क्लबको २० औँ स्थापना दिवसको असरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शार्मा ओलीले ढकाललाई सो पुरस्कार हस्तान्तरण गरे ।यसैगरी यो वर्षको मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता एमालेका पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । श्रेष्ठ विगत चार दशक भन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् ।यसैगरी यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।आचार्यलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।यसैगरी यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।यसैगरि कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार द हिमालयन टाईम्सका विशेष सम्वाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ छ ।यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।साउदलाई प्रदान गरिएको यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गरिएको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।यसैगरी यो वर्षको उमा सिंह स्मृती पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता दीपा दाहाललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँको छ ।त्यस्तै यो वर्षको सहिद जगदजंग प्रकाश शाह स्मृति पत्रकारिता पुरस्कारबाट ईमेज च्यालनका प्रमुख समाचार संयोजक राजन कुईंकेललाई दश हजार राशिसहित सम्मान गरिएको छ ।यो वर्षको उत्कृष्ट युवा पत्रकातिा पुरस्कारबाट उज्यालो नेपाल डटकमका प्रधान सम्पादक मनहरि तिमिल्सिनालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रहेको छ ।त्यस्तै यो वर्षको युवा पत्रकारिता पुरस्कारबाट राससका सम्वाददाता सुशिल दर्नाललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पाँच हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?