बेलायत, १७ चैत – झण्डै दुई हप्ता अगाडि देह त्याग गर्नु भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ ।बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उहाँले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गर्नु भएको थियो ।निजी रुपमा गरिएको उहाँको अन्त्येष्टि समारोहमा उहाँका पारिवारिक सदस्य, साथी र समकक्षी गरी झण्डै पाँच सय जना सहभागी भएका थिए । उहाँका छोराछोरीहरु लक्की, रोबर्ट र टिमले निकालेको वक्तव्यमा उहाँप्रति श्रद्धान्जलि व्यक्त गर्नु भएका सबैलाई कृतज्ञता प्रकट गरिएको छ ।यही मार्च १४ का दिन उहाँको निधन भएपनि झण्डै दुई हप्तापछि उहाँको शनिबार अन्त्येष्टि गरिएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । १९४२ जनवरी ८ मा जन्मनु भएका चर्चित वैज्ञानिक एवं भौतिकशास्त्री हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया