काठमाडौं- कलंकीस्थित चन्द्रागिरी नगरपालिका ८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारीलगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया