काठमाडौं, १८ चैत । बेल्जियमको संघीय संसद्को निर्णय अनुसार एक वर्षका लागि त्यहाँका राजकुमार लोराँको मासिक भत्ता कटौती भएको छ ।सरकारको अनुमति विनै गत वर्ष चिनियाँ दूतावासको एउटा कार्यक्रममा जलसेनाको पोशाकमा सहभागी भएका राजकुमार लोराँको भत्तामा कटौती गरिएको हो ।सांसदहरूले राजकुमारलाई दिइने भत्तामा वार्षिक १५ प्रतिशतले कटौती गर्ने पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री चाल्र्स मिशेलको प्रस्तावमा राजकु्मारको भत्ता कटौतीको निर्णय भएको हो ।यसअघि प्रधानमन्त्री मिशेलले कुनै पनि कूटनीतिक गतिविधिमा संलग्न हुनुअघि विदेश मन्त्रालयको अनुमति लिन राजकुमारलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहविपरित चिनियाँ दूतावासको कार्यक्रममा सहभागी भएर ट्विटरमा आफ्नो फोटो राखेपनि उनी विवादमा परेका हुन् ।राजा फिलिपेका कान्छा भाई राजकुमार लोराँले संसद्मा मतदानअघि एउटा लामो भावुक पत्र लेखेका थिए । पत्रमा उनले जीवनयापनका लागि काम गर्न आफू सक्षम नरहेको उल्लेख गरेका थिए ।त्यसमा उनले मतदानलाई ‘आफ्नो जीवनको परीक्षण’ भनेका थिए र सांसद्हरू आफ्नो विपक्षमा उभिए त्यसबाट आफू ‘अन्यायमा पर्ने’ बताएका थिए ।विवादमा परिरहेने राजकुमार लोराँलाई बेल्जियममा ‘प्रिन्स मोडी’ अर्थात् ‘श्राप पाएका राजकुमार’ का रूपमा पनि व्याख्या गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया