काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको भुमिकामा मात्रै काम गर्ने खुलासा गरेका छन् ।
टामीले नेटफिल्क्सको उक्त शोमा रायन शेवरको भुमिका निभाएका थिए । उक्त शोबाट नै उनले चर्चा कमाएका थिए ।
टामीले टाइम म्यागजिनसँगको अन्तर्वारतामा आफूले आफ्नो लिङ्ग परिवर्तन गरेको र आफूले आफूलाई महिलाको रुपमा हेर्न गरेको बताएका छन् ।
उनले आफ्नो नाम भने परिवर्तन गरेका छैनन् । उनले अब छिटै महिलाको भुमिका निभाएको फिल्म ल्याउने बताएका छन् ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया