ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या

काठमाडौँ, १८ चैत – वीर अस्पतालमा रहेको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।आज साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिनुभयो । उनको पूरा नाम भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?