दक्षिण प्रशान्त क्षेत्रमा खस्यो चिनियाँ स्पेश स्टेशनको अवशेष

एजेन्सी, १९ चैत । आफ्नो मिशन पूरा गरी सम्बन्ध विच्छेद भएको एउटा चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष दक्षिण प्रशान्त महासागरमा खसेको छ ।चीन र अमेरिकाबाट प्राप्त रिपोर्टअनुसार चिनियाँ अन्तरिक्ष स्टेशन ‘द तियांगोंग–१’ वायुमण्डल प्रवेश गरेसँगै जलेको थियो ।खगोलविज्ञ जोनाथन म्याकडवलले ट्विट गर्दै द तियांगोंग–१ ग्रीनविच समयअनुसार बिहान ८ बजेर १६ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो । तियांगोंग–१ सन् २०११ मा अन्तरीक्ष प्रयोगका लागि लन्च गरिएको थियो ।अन्तरिक्षका लागि बनाइएको र पृथ्वीको वायुमण्डलमा फर्किने मानवनिर्मित धेरै वस्तुमध्ये यो सबैभन्दा ठूलो थियो । चीनले ‘द तियांगोंग–१’ माथिको नियन्त्रण गुमाएका कारण पनि यसमा चीनको नियन्त्रण थिएन ।वैज्ञानिकहरुले अन्तरिक्ष स्टेशन कुनै पनि मानववस्ती रहेको इलाकामा खस्न सक्ने आशंका गरिएको थियो । चीनले सन् २००१ मा अन्तरीक्षमा जहाज पठाउन सुरु गरेको थियो र परीक्षणका लागि जनावर पनि यसमा पठाइन्थ्यो ।त्यसपछि सन् २००३ मा चिनियाँ वैज्ञानिक अन्तरीक्ष पुगे । सोभियत संघ र अमेरिकापछि अन्तरीक्ष पुग्ने चीन तेस्रो मुलुक हो । सन् २०११ मा ‘द तियांगोंग–१’ मा चिनले स्पेश स्टेशन कार्यक्रमको सुरुवात गरेको हो ।एउटा सानो स्पेश स्टेशन वैज्ञानिकलाई केही दिनका लागि अन्तरिक्ष लैजान सक्षम थियो । यसपछि सन् २०१२ मा चीनकी पहिलो महिला यात्री लियू यांग अन्तरीक्ष गइन् । यसको निश्चित समय मार्च २०१६ मा काम गर्न बन्द गरिएको थियो ।सन् १९७९ मा करिब ८० टन तौल रहेको स्काईल्याब स्टेशन पनि अनियन्त्रित तरिकाले पृथ्वीमा झरेको थियो । त्यसबेला अस्ट्रेलियाका केही इलाकामा यसका टुक्रा भेटिएका थिए, तर कुनै हताहती भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?