चितवन, १९ चैत । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेकी छन् ।सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको उनले बताएकी हुन् ।मेयर दाहालले चितवन देशकै मध्यभाग भएको र चितवन पायक पर्ने ठाँउ रहेको भन्दैं धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणा गरिन ।भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालको भनाई थियो ।महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ । चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा रहेको छ ।तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत वर्ष ५० लाख रकम रंगशाला निर्माणका लागि छुट्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया