काठमाडौं, १९ चैत । ललितपुर महानगरपालिकाले वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिने भएको छ ।संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय जोशीलाई सवारी साधन नहुँदा भएको असहजतालाई ध्यानमा राखेर गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय महानगरले गरेको हो ।आगामी वैशाख ३० गते जोशी ९९ औं जन्मदिन मनाउने तयारी भइरहँदा मेयर चिरीबाबु महर्जनको प्रस्तावमा गाडी र सुरक्षा दिन लागिएको हो ।महानगरपालिकाका प्रवक्ता राजु महर्जनले उनलाई एउटा गाडी, चालक र एक सुरक्षा गार्ड उपलब्ध गराउन लागिएको जानकारी दिएका छन् । पाटनढोकामा एक कार्यक्रमकाबीच जोशीलाई सेवा हस्तान्तरण गरिदैछ । जोशी चढ्ने गाडीको सबै खर्च महानगरपालिकाकले नै ब्यहोर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया