इस्लामावाद, १९ चैत – नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाई सोमबार इस्लामावादबाट बेलायत फर्किएकी छन ।चार दिनको पाकिस्तान भ्रमणपछि उनी सोमबारै इस्लामावादबाट लन्डन फिर्ता भएको समाचारमा जनाइएको छ । समाचारअनुसार उहाँका परिवार पनि उनीसँगै बेलायत फर्किएका छन ।पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेकोमा तालिबानले गोली हानेका थिए । सो घटनापछि उनी पहिलो पटक स्वदेश फर्किएकी हुन ।स्वात उपत्यकास्थित मिङ्गोरामा गोली लागेपछि उनको बेलायतमा उपचार भएको थियो । उपचारपछि उन अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन शुरु गरेकी हुन ।हाल पाकिस्तानमा रहँदा उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेट गरेकी थिइन ।बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताइन ।उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।उनले पाकिस्तानमा रहँदा एक टेलिभिजनसँग भन्नुभएको थियो– म पाकिस्तान फर्किने एउटा सपना थियो आज म फर्किन पाएँ ।उनले आँशु झार्दै भने– “अहिले त मेरो लागि ठूलै सुरक्षाको प्रबन्ध गरिएको होलाजस्तो लाग्छ तर म मेरो देशमा बिना कुनै असुरक्षा, शान्तिपूर्ण रुपमा फर्किन पाउँ भन्ने सपना देखिरहेकी छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया